बञ्चरो प्रहार गरी दुई महिलाको हत्या गरेको आरोपमा घर्ती पक्राउ
दाङ।घोराही उपमहानगरपालिका-१७ चौघेरा बस्ने रोल्पा थवाङ गाउँपालिका-२ घर भएका ५७ वर्षीय टेक बहादुर घर्ती पक्राउ परेका छन्।

घोराही उपमहानगरपालिका-१० पहेलपार बस्ने ५० वर्षीया जुपली बुढा र सुर्खेत बिरेन्द्रनगर नगरपालिका-२ चनाबारी बस्ने ४४ वर्षीया संगिता सुनारको हत्या गरेको अभियोगमा उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
जुपली बुढाको घरको भान्छा कोठामा जुपली बुढा र संगिता सुनारलाई टेक बहादुर घर्तीले टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेका थिए।उनलाई इलाका प्रहरी कार्यालय नारायणपुर र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको दाङ प्रहरीले जनाएको छ।(सांकेतिक तस्बिर)

