पशुपतिको मृगस्थलीमा डा. केसीले सुरु गरे २२औं अनसन



काठमाडौं । स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै पटकपटक अनसन बसेका डा. गोविन्द केसीले आफ्नो २२औं अनसन सुरु गरेका छन् ।

अल्टिमेटमको अवधिमा पनि आफ्ना तिनबुँदे माग सम्बोधन नभएको भन्दै उनले पशुपतिको मृगस्थलीमा अनशन सुरु गरेको घोषणा गरेका हुन् ।

सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा,सबै नेपालीलाई गुणस्तरीय साथै निशुल्क औषधि-उपचारको व्यवस्था र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी ऐन तुरुन्त पारित गर्नुपर्ने लगायत सबै सम्झौताहरु कार्यान्वयन र कार्की आयोगले दोषी ठहऱ्याएका व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने माग उनको छ। file foto

प्रतिक्रिया दिनुहोस्