माप्यमा’एभरेष्ट भ्यु ट्रेल म्याराथन’ प्रतियोगिता सम्पन्न,महाकुलुङका अर्जुन कुलुङ प्रथम



सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आयोजित’एभरेष्ट भ्यु ट्रेल म्याराथन’प्रतियोगिता सम्पन्न भएको छ।

बुधबार गाउँपालिकाको कोर्कु रङ्गशालामा आयोजित ४७ किलोमिटर को म्याराथन प्रतियोगितामा ४ घण्टा ३८ मिनेट ४६ सेकेन्डमा दुरी पार गर्दै महाकुलुङ्गका अर्जुन कुलुङले प्रथम उपाधि उचालेका हुन ।  
यस्तै प्रतियोगिता क्रमशः दोश्रो स्थान रामेछापका होमलाल श्रेष्ठले ४ घण्टा ४७ मिनेट २१ सेकेन्डमा , भने तेश्रो स्थान महाकुलुङकै सुमन कुलुङ्गले  ५ घण्टा १ मिनेट ५६ सेकेन्डमा पार गरेका थिए ।खुल्ला महिला तर्फको प्रथम उपाधि भारतका सविना राईले  ४७ किलोमिटर दूरी ६ घण्टा ९ मिनेट १० सेकेन्डमा पार गर्दै प्रथम भएकी छिन । भने दोश्रो स्थान खोटाङकी निर्मला राईले ६ घण्टा ११ मिनेट ४० सेकेन्डमा ,तेश्रो स्थान ल्हाक्पा निङ्मा शेर्पाले ६ घण्टा ४० मिनेट ३५ सेकेन्डमा पार गरेकी छिन ।

विधागत प्रतिष्पर्धाको ३० देखी ३९ वर्षको उमेर समुहमा पुरुष तर्फको प्रथम, द्वितीय र तृतीय स्थान क्रमशः जङ्गवीर कुलुङ, क्षितिज कुलुङ र  टिकामान राईले जितेका छन।

महिला तर्फको प्रथम द्वितीय र तृतीय स्थान क्रमशः अनिता राई, शुस्मा राई र आङ छुटिङ शेर्पाले जितेका छन् । यस्तै १८ देखी २९ वर्षको उमेर समुहमा पुरुष तर्फको प्रथम द्वितीय र तृतीय स्थान क्रमशः गोपाल तामाङ, उमेश राई र कुल बहादुर बस्नेतले जितेका छन भने महिला तर्फको प्रथम द्वितीय र तृतीय स्थान क्रमशः हुमि बुढा मगर, इन्द्र कला नेम्वाङ र चन्दना राईले हात पारेका छन ।

 यता ५० देखी ६५ उमेर समुहको पुरुष तर्फको प्रथम, द्वितीय र तृतीय स्थान अन्तबिर राई, काजिमान राई र भीम बहादुर तामाङले हात पारेका छन ।  भने महिला तर्फको प्रथम स्थान एकल प्रतिस्पर्धी सुनवरी राईले हात पारेकी छन् । बिहान ७ बजेर १० मिनेटमा सुरु भएको प्रतियोगिता साँझ ६ बजे सम्पन्न भएको थियो, म्याराथन प्रतियोगितामा २०३ जनाले भाग लिएका थिए, भने उता १०९ जनाले मात्र ४७ किलोमीटर दुरि पार गरेका थियो।

प्रतिक्रिया दिनुहोस्