प्रतिलिटर ३ रुपैयाँले बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगम सञ्चालक समितिको बैठकले भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँको दरले बढाउने निर्णय गरेको हो ।
निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ ।