एमाले पसे माओवादी केन्द्र माप्यदुधकोशीका तीन युवा नेता



सोलुखुम्बु।सोलुखुम्बु जिल्लाको माप्यदुधकोशी गाउँपालिकामा नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्ने लहर बढेको छ।

व्यावसायिक रूपमा समेत स्थापित माओवादी केन्द्रका स्थानीय नेता सुन्दर राई लगायत नेकपा एमालेमा प्रवेश गरेको महिना दिन नबित्दै हालै मात्र गाउँपालिकाको वडा नं १ का तीन जना युवा नेताले माओवादी केन्द्र परित्याग गरेका छन्।सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील कर्ण कुबीर राई, रोशन राई र कबिराज राई सो पार्टी परित्याग गरी हालैमात्र नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले माप्यदुधकोशीले जनाएको छ ।

नवप्रबेशी राईत्रयलाई नेकपा एमालेका स्थानीय नेताहरुले खादा लगाएर स्वागत गरेका थिए।एमाले नेता बुद्धिकिरण राई नेतृत्वको स्थानीय सरकारले गाउँपालिकाको बिकास र समृद्धिका लागि सुरु गरेको अभियानले आफूहरुलाई नेकपा एमालेप्रति आकर्षित गरेको बताउंदै उनीहरुले एमालेमा एकताबद्ध भएर आफुहरु अब समृद्धिको अभियानमा क्रियाशील हुने दृढता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्