अन्य जिल्लाको तुलनामा महासमिति बैठकमा सोलुखुम्बुको दोब्बर प्रतिनिधित्व !
सोलुखुम्बु।महासमिति बैठकमा सहभागीताको बिषयमा लामो अन्यौलताका बीच सोलुखुम्बुबाट २५ जनाको सहभागिता रहने भएको छ।

नेपाली कांग्रेस सोलुखुम्बुबाट निर्वाचित ११ जना महासमिति सदस्यसहित अन्य महाधिबेशन प्रतिनिधिले पनि बैठकमा भाग लिन पाउने गरि केन्द्रीय सम्पादन समितिले निर्णय गरेको नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिए।सोलुखुम्बुमा निर्बाचित महासमिति सदस्य ११ र अन्य महाधिवेशन प्रतिनिधि गरी २५ जना रहेका छन्।महासमिति सदस्य बाहेक अन्य प्रतिनिधिहरुको सहभागिता भने आमन्त्रित सदस्यका रूपमा रहने सभापति शेर्पाले जानकारी दिए।
महासमिति सदस्य सम्बन्धि विवाद रहेका सोलुखुम्बुसंगै दोलखा, खोटाङ,ओखलढुङ्गा, धादिङ्ग क्षेत्र नं १, काठमाडौं क्षेत्र नं ५, दाङ्ग क्षेत्र नं ३, कञ्चनपुर क्षेत्र नं १,बाग्लुङ्ग क्षेत्र नं २ र सिन्धुली क्षेत्र नं २ का हकमा समेत यो निर्णय लागू हुने बताइएको छ।विवादका बीच महासमिति बैठकमा पार्टी सभापति आमन्त्रित सदस्यका रूपमा बाहेक अन्य प्रतिनिधि निल हुने चर्चा चलिरहेका बेला यसअघि महासमितिमा निर्बाचित सदस्यहरुले भाग लिन पाउनुपर्ने भन्दै नेपाली कांग्रेस सोलुखुम्बुका सभापति शेर्पा, खोटाङका बिष्णुकुमार राई र दोलखाका सभापति बर्मा लामाले प्रेस बिज्ञपति जारी गरेका थिए।निर्बाचित महासमिति सदस्यहरुले भाग लिन नपाएको खण्डमा आफुहरु समेत बैठकमा सहभागी नहुने चेतावनी समेत सभापति त्रयले दिएका थिए।
तर महासमिति सदस्यहरुसंगै अन्य महाधिबेशन प्रतिनिधिहरु समेत बैठकमा सहभागी हुन पाउने निर्णय भएसंगै सोलु लगायत तीन जिल्लाको प्रतिनिधित्व महासमिति बैठकमा अन्य जिल्लाको तुलनामा दोब्बर संख्यामा हुने भएको छ।जिल्लाबाट प्रतिनिधित्व शून्य गराएर पार्टी सभापतिलाई असफल बनाउने संस्थापनइतर समूहको प्रयास र षड्यन्त्र केन्द्रको यो निर्णयसंगै चकनाचुर भएको जिल्लाको संस्थापन पक्षको बुझाई छ।

