सोलुखुम्बुमा १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



सोलुखुम्बु । सोलुखुम्बुमा १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनोट खेलकुद प्रतियोगिता सुरु भएको छ ।

जिल्ला समन्वय समितिको प्रांगणमा सुरु प्रतियोगिताको प्रतिनिधिसभा सदस्य मानबीर राई र कोशी प्रदेशका पूर्बमन्त्री तथा प्रदेश सदस्य बुद्धिकुमार राजभण्डारीले शनिबार उद्घाटन गरेका हुन्।जिल्ला खेलकुद बिकास समितिको आयोजनामा सुरु प्रतियोगिता सोमबार सम्पन्न हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा पुरुष भलिबल प्रतियोगिता तर्फ ८ टोली, महिला भलिबल अन्तर्गत ६ टोली प्रतियोगीहरू सहभागी रहका छन् । त्यस्तै महिला पुरुष कबड्डी प्रतियोगिता, एथलेटिक्स प्रतियोगिता, मार्सल आट्स प्रतियोगिता, कराते र तेक्वान्दो प्रतियोगिता समेत समावेश रहेको कार्यक्रममा जानकारी गराइएको थियो।प्रतियोगितामा ८ वटै स्थानीय तहका खेलाडीहरूले सहभागिता जनाएको आयोजक समितिले जनाएको छ ।

जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष नरेन्द्र मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य राई,पूर्बमन्त्री एबम प्रदेशसभा सदस्य राजभण्डारी,प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ,जिल्ला समन्वय समितिका उपप्रमुख टीकामाया तामाङ लगायतले सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्