कांग्रेस केन्द्रीय समिति बैठक : महासमितिमा पेश गरिने तीनवटै प्रस्ताव पारित
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले महासमितिमा पेस गर्ने तीन वटै प्रतिवेदन प्राप्त सुझावलाई समावेश गरी परिर्माजनसहित पेस गर्ने गरी पास गरेको छ ।

बिहीबारको केन्द्रीय समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावमाथि शुक्रबारको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले सुझावसहितको धारण राखेका थिए । केन्द्रीय सदस्यहरुले दिएको सुझावलाई समेट्ने गरी बैठकले तीन वटै प्रस्ताव पारित गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए ।
उनका अनुसार बैठकले महासमिति सदस्य नरहेका क्षेत्रीय सभापति, जिल्ला सभापति र भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरुलाई आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय समेत गरेको छ ।

