जुबुको सगरमाथा आधारभुत बिद्यालयका विद्यार्थीलाई बस्नेतको सहयोग



होमनाथ खत्री,सोलुखुम्बु।सगरमाथा आधारभुत बिद्यालय लाई करिब ३५ हजार बराबरको सहयोग प्राप्त भएको छ ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालीका ५ जुबुमा २०७६ सालमा स्थापना भएको सो बिद्यालयलाई रोजगारको शिलशिलामा दक्षिण कोरियामा रहेका स्थानीय बासिन्दा केदार बस्नेतले सहयोग उपलब्ध गराएको विद्यालयले जनाएको छ।

आफ्नो ठूलोबुबा डिकबहादुर बस्नेतको बार्षिक पुन्य तिथि पारेर बस्नेतले प्रतिविद्यार्थी एक सेट झोला साथै कापी र कलम सहयोग गरेका हुन । सहयोग सामग्री बस्नेतले आमा सरिता बस्नेत र ठुलोबुबा भुपध्वज बस्नेतमार्फत प्रदान गरेका छन ।

बिद्यालयका विद्यार्थीले सामग्री पाएपछि खुशी भएको भन्दै बिद्यालयका प्राध्यापक बिनोद कुमार बस्नेत ले यस्तै सहयोग ले स्थानीय स्तरको बिद्यालय माथी उठ्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्