एमाले प्रचार बिभागमा तीन सदस्य मनोनीत
काठमाडौँ । नेकपा एमालेले दुई जना केन्द्रीय सदस्यले पार्टीबाट राजीनामा गर्नुका साथै तीन जनालाई पार्टी केन्द्रीय प्रकाशन तथा प्रचार बिभागको सदस्यमा मनोनीत गरेको छ।

बिहिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय सदस्य सिराज अहमद फारुकी र ऐन महरले पार्टीमा दिएको राजीनामा स्वीकृत गर्नुका साथै माधव नेपाल,इन्द्र आचार्य र मोहन बास्तोलालाई केन्द्रीय प्रचार बिभागको सदस्यमा मनोनयन गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
प्रचार बिभागमा मनोनीत तीनै जना प्रेस चौतारी नेपालका नेता हुन्।नेपाल पूर्ब उपाध्यक्ष हुन भने आचार्य र बास्तोला क्रमशः हाल प्रेस चौतारीको कोषाध्यक्ष र केन्द्रीय सदस्य हुन्।
सोही बैठकले फागुन ८,९ र १० गते बस्नेगरी केन्द्रीय समिति बैठक बोलाउने निर्णय समेत गरेको प्रमुख गौतमले बताए ।

