माओवादी केन्द्रको बिधान महाधिवेशन सम्पन्न, पार्टीको नाम र चुनाव चिन्ह यथावत रहने
काठमाडौं ।तीनदेखि जारी नेकपा (माओवादी केन्द्र)को प्रथम बिधान महाधिवेशन सम्पन्न भएको छ।आगामी अधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय समिति र ११ जनाको केन्द्रीय कार्यालय बनाउने निष्कर्षसहित मंगलबारबाट सुरु सो पार्टीको बिधान अधिबेशन बिहिवार सम्पन्न भएको हो।

माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलनपछि आज सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्राप्त सुझावका आधारमा ओजपूर्ण बनाउने विश्वास दिलाए ।अध्यक्ष प्रचण्डले आगामी महाधिवेशनदेखि जनवादको आधारमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट समिति निर्माण गर्ने र समितिबाट प्रत्यक्ष निर्वाचनको विधिबाट नै पदाधिकारी चयन गर्ने निष्कर्षमा पुगेको बताए ।
आमरूपमा पार्टी समिति सानो बनाउनुपर्ने सबैको सुझाव आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले र त्यसैलाई प्रभावकारी बनाइने उनको भनाई थियो।प्रदेशलाई बलियो बनाउने विषयलाई उच्च प्राथमिकतामा राख्नेगरी विधान बनाइने बताउँदै त्यसैले सङ्घीयता र समानुपातिक व्यवस्थालाई प्रभावकारी बनाइने अध्यक्षले जानकारी दिए ।
नाम र चुनाव चिह्नका विषयमा कुनै खास समयमा निर्णय गरिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले धेरै कम्युनिष्ट पार्टीबीच एकता हुने अवस्थामा नाम फेर्न सकिने तर अहिले यथावत् राख्ने बताए ।

