एमाले सोलुखुम्बुको बैठक फागुन ४ गते, आठौं जिल्ला अधिबेशनबारे छलफल हुने
सोलुखुम्बु।नेपाल कम्युनिस्ट पार्टी (एमाले) सोलुखुम्बुले जिल्ला कमिटीको १३ औं बैठक बोलाएको छ।

जिल्ला पार्टी कार्यालय आवा डाडाँमा बस्ने गरी फागुन ४ गतेलाई बैठक बोलाईएको नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए।बैठकमा आठौं जिल्ला अधिबेशन र अन्य समसामयिक बिषयमा छलफल हुने अध्यक्ष बास्तोलाको भनाई छ।बैठकमा आगामी चैतमा आठौं जिल्ला अधिबेशन गर्ने गरी मिति प्रस्ताव गर्ने तयारी रहेको उनले बताए।
बैठकमा नेकपा एमाले केन्द्रीय सचिव तथा कोशी प्रदेश कमिटी इन्चार्ज रघुबीर महासेठ,कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा,जिल्ला कमिटी इन्चार्ज किशोर अधिकारी लगायतका नेताहरु उपस्थित हुने र उनीहरूले निर्देशनात्मक मन्तव्य व्यक्त गर्ने निर्धारित कार्यक्रम छ।
अन्य केन्द्रीय सदस्य र प्रदेश कमिटी सदस्यहरुको समेत उपस्थिति रहने बैठकमा अनिवार्य उपस्थितिका लागि जिल्ला कमिटी कमिटी सदस्यहरूलाई बास्तोलाले आग्रह गरेका छन्।
उता,फागुन ३ गते जन संगठन समन्वय सयन्त्रको बैठक आवा डांडास्थित पार्टी कार्यालयमा बस्ने भएको छ।संयन्त्रका
इन्चार्ज यज्ञराज सुनुवारको आतिथ्यतामा बस्ने बैठकमा जनसंगठनका जिल्ला अध्यक्ष,पार्टी जिल्ला कमिटीबाट जनसंगठनका इन्चार्ज,जनसंङ्गठन्का सोलु जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सदस्य तथा जनसंगठनका उपाध्यक्ष र सचिव समेत सहभागी हुने बताइएको छ ।

