दुधकोशी टेलिभिजनका सञ्चालक बनमाथि आक्रमण गरेको आरोपमा पांँचजना पक्राउ



सोलुखुम्बु।दुधकोशी टेलिभिजनका सञ्चालक रमन बनमाथि आक्रमण गरेको आरोप लागेका पांँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोलुदुधकुण्ड नगरपालिका–५ का २८ वर्षीय राम तामाङ, सोही वडाका २६ वर्षीय सोनाम शेर्पा, २७ वर्षीय मङ्गल तामाङ, २८ वर्षीय लक्ष्मण तामाङ र ३२ वर्षीय सुब्बा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ

ल्होसार पर्बको अवसरमा आयोजित एक कार्यक्रममा भएको विवादको सञ्चार माध्यममा भिडियो सामाग्री प्रसारण गरेकै कारण आफुमाथि गत शनिबार हातपात गरेको पत्रकार भन्दै वनले नगरपालिका वडा नं ५ का वडाध्यक्ष मिङमार तामाङसहित उनीहरूबिरुद्ध अभद्र व्यबहारको जाहेरी दिएका थिए।

वडाध्यक्ष तामाङले भने घटनाको अनुसन्धानमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाईएको छ।नेपाल पत्रकार महासंघ र नेपाल दशनामी समाजले प्रेस बिज्ञपति प्रकाशित गरि घटनाको छानबिन गरी दोषीमाथी कारबाही गर्न
माग गरेका थिए भने नेपाल तामाङ घेदुङ जिल्ला शाखा र नगर समितिले उक्त भिडियो समाग्रीप्रति आपत्ति जनाएका थिए।
(सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्