नेकपा माओवादी केन्द्रले गर्यो विशेष रुपान्तरण अभियानको समिक्षा
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधान सम्मेलन सम्पन्न भएपछि विशेष महाधिवेशन गर्नुगर्ने बताएका छन्।केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वैचारिक संश्लेषण, राजनीतिक कार्यदिशा बनाउन बहसको प्रक्रिया आरम्भ गर्न बिशेष महाधिवेशन गर्नुपर्ने बताएका हुन्।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डले सम्बोधनसंगै राष्ट्रिय सभागृहमा हिजो (आइतबार) देखि सुरु भएको केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठक आज (सोमबार) सम्पन्न भएको छ । हिजो पार्टीले भर्खरै सम्पन्न गरेको ४ महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानबारे ७ भौगोलिक प्रदेश र ३ गैरभूगोल कमिटीका इन्चार्ज र अध्यक्षहरुले बैठकमा रिपोर्टिङ गरेका थिए ।
केन्द्रीय कमिटी बैठकको मुख्य एजेण्डा चार महिने अभियानको समीक्षानै रहेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । साथै, पार्टीका जनवर्गीय संगठन र मोर्चाहरु सक्रिय नभएको माओवादीले निश्कर्ष निकालेको छ । बैठकले जबस र मोर्चाहरुको सम्मेलन गरी सबै जबस र मोर्चाहरुलाई पुनर्गठन गर्ने निर्णय गरेको छ । साथै, प्रवाशी नेपालीहरुलाई प्रशिक्षित र संगठित गर्ने निर्णयसमेत भएको छ ।
बैठकले १८ जना बैकल्पिक सदस्य थप्ने निर्णय समेत गरेको छ।