सोताङ्ग गाउँपालिकाको दोस्रो अध्यक्ष कपमा वीरेन्द्र ज्योति मावि प्रथम



केदार बस्नेत, काठमाडौं।सोलुखुम्बुको सोताङ गाउँपालिकामा सम्पन्न दोस्रो अध्यक्ष कप तथा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा वीरेन्द्र ज्योति मावि प्रथम भएको छ।विभिन्न विदामा १८ स्वर्ण,४ रजत र ६ कास्यसहित प्रथम भएको हो।

यस्तै हुँगा मावि ६ स्वर्ण,१२ रजत र ३ कास्यसहित द्वितीय यस्तै धर्मपिक मावि ३ स्वर्ण,६ रजत र ९ कास्यसहित तृतीय भएको छ यस्तै हुलु मावि २ स्वर्ण,४ रजत र ६ कास्यसहित सान्त्वना भने बखपलम मावि १ स्वर्ण,४ रजत र ६ कास्यसहित पाँचौ भएको छ।

कार्यक्रम धर्मपिक वोर्डिङ र सरकारी सामुदायिक विद्यालयमा भएको हो। प्रतियोगिता माघ २२ देखि २६ सम्म सञ्चालन भएको थियो।

प्रतिक्रिया दिनुहोस्