भारतीय गाडीबाट नेपाली नक्कली नोटको कारोबार, डेढ करोड बढी रकमसहित चालक पक्राउ



विराटनगर । सुनसरी प्रहरीले एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको छ । एक हजार रुपैयाँ दरका नक्कली नोट बरामद गरिएको हो ।

इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिक गाडी खानतलासी गर्दा नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।नक्कली नोटसहित भारतको बीआर ११ एक्स ३४२९ नम्बरप्लेटको स्कोरपियो र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपीन रेग्मीले जानकारी दिए ।

पक्राउ पर्नेमा भारतको बिहारका २२ वर्षीय मोहमद सैयद छन् । पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गर्ने तयारी गरिएको एसपी रेग्मीले बताए । (सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्