थुलुङ्ग दुधकोशी गाउँपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने



केदार बस्नेत काठमाडौं।सोलुखुम्बुको थुलुङ्ग दुधकोशी गाउँपालिकाले फाल्गुन १ गते भोलि मंगलबार अर्थात जनयुद्ध दिवसका अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको अध्यक्षस्तरीय बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन राईले हस्ताक्षर गरेको जारी सूचनामा भनिएको छ।

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल`प्रचण्ड´नेतृत्वको एकीकृत नेकपा(माओवादी केन्द्रले)सरकारको कु विरुद्ध २०५२ फाल्गुन १ गते सशस्त्र जनयुद्ध सुरु गरेको थियो।

उक्त जनयुद्धको बल्ले नेपालमा २४० बर्षे राजतन्त्रको अन्त्य भै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना समेत भएको थियो।

प्रतिक्रिया दिनुहोस्