बनमाथिको आक्रमणको छानबिन गरि दोषीमाथि कारबाही गर्न नेपाल दशनामी समाजको माग



सोलुखुम्बु।नेपाल दशनामी समाज सोलुखुम्बुले दुधकोशी खबरका सञ्चालक रमन वनमाथी भएको आक्रमणको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

समाजका सचिबसमेत रहेका बनमाथि भएको हातपातप्रति आपत्ति जनाउँदै अध्यक्ष बिकास भारतीले बिज्ञप्तिमार्फत आइतबार सो माग गरेका हुन्।ल्होसारको अवसरमा सल्लेरीमा आयोजित कार्यक्रममा भएको झगडाको भिडियो प्रशारण गरेकैभरमा वनमाथि हातपात हुनु निन्दनीय भएको समाजद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ।

सोलुदुधकुण्ड नगरपालिका– ५ का वडाध्यक्ष मिङ्मार तामाङ सहित आएको ५-७ जनाको समुहले शनिबार रातको ९:३० बजे हातपात गर्दा वनको शरिरका विभिन्न भागमा निल,डाम, घाउ,चोट लागेको बिज्ञप्तिमा उल्लेख छ।समयमा नै घटनाको छानबिन तथा कानुनी प्रक्रिया अगाडी नबढेको खण्डमा नेपाल नेपाल दशनामी समाज सोलुखुम्बुले आफ्नो प्रक्रिया अगाडि बढाउने चेतावनी समेत बिज्ञप्तिमार्फत दिएको छ।

नेपाल पत्रकार महासंघ सोलुखुम्बुले पनि घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उक्त बनमाथिको आक्रमण खेदजनक र प्रेसस्वतन्त्रता बिरोधि रहेको टिप्पणी गरेको छ।

प्रतिक्रिया दिनुहोस्