नेपाल-चीन सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाउने कुरा सरकारको प्राथमिकतामा:प्रधानमन्त्री



काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले नेपाल—चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्ने विषयमा बढी प्राथमिकता दिएको बताएका छन्।

शनिबार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले तेस्रोपटक प्रधानमन्त्री बनेदेखि नै सबैभन्दा धेरै प्राथमिकता नेपाल-चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्न बढी ध्यान दिएको दाबी गरे।

परिणामस्वरुप तातोपानी लगायतका उत्तरी क्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको प्रधानमन्त्री दाहालको दाबी छ। उनले चिनियाँ राजदूतसँग पनि केही दिनअघि मात्रै आफ्नो चीन भ्रमणका क्रममा भएको सम्झौता र सहमति अघि बढाउने बारेमा छलफल गरेको बताए।

उनले छलफलमा परम्परागत नाकाहरु खोल्ने, टोखा—छहरे सुरुङ मार्गको डिपिआर तयार गर्ने र हिल्सा—सिमीकोट सडक निर्माणसँग सम्बन्धित विषयलाई तत्काल अघि बढाउने बारेमा पनि छलफल र सहमति भएको बताए।

प्रधानमन्त्री दाहालले सहमति मात्रै पर्याप्त नहुने भन्दै थप कूटनीतिक पहलबाट सीमा क्षेत्रको विकास र व्यापार प्रवद्र्धन व्यवस्थित बनाउने बताए।

प्रतिक्रिया दिनुहोस्