एमाले सोलु-काठमाडौं सम्पर्क मञ्चको सम्मेलन भोलि, अध्यक्ष पदका लागि चारजनाको दावेदारी
काठमाडौं।नेकपा एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चको १३ औं सम्मेलन शनिबार आयोजना गरिने भएको छ।

नेकपा एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डितको प्रमुख आतिथ्यमा राजधानी काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आयोजना गरिने सम्मेलनले मञ्चको नयाँ नेतृत्व चयन गर्ने सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चका पूर्ब सचिब आङबाबु राईले जानकारी दिए।
सम्मेलनका क्रममा नेतृत्व चयनका लागि हुने निर्बाचनका लागि आङबाबु राईको संयोजकत्वमा निर्बाचन समिति र बन्दसत्र सञ्चालनका लागि बच्चुनारायण श्रेष्ठको संयोजकत्वमा अध्यक्ष मण्डलको घोषणा गरिएको छ।
राई नेतृत्वको निर्बाचन समितिमा चिना शर्मा र चन्द्र घिमिरे सदस्य छन् भने श्रेष्ठ नेतृत्वको अध्यक्ष मण्डलमा राजेन्द्र गुरुङ,अर्जुन कार्की,नन्दराज बास्तोला,भक्त राई र टपेन्द्र कार्की सदस्य रहेको जनाईएको छ।
१२ औं सम्मेलनले अध्यक्ष चयन गरेका नन्दराज बास्तोला हाल मञ्चको नेतृत्व गरिरहेका छन्।उनलेे पुनः दोहोरिने मनसाय नराखेका कारण सम्पर्क मञ्चको अध्यक्षमा एक पूर्ब संयोजक र अन्य तीन जनाको दावेदारी रहेको निर्बाचन समिति संयोजक राईको भनाई छ।उनका अनुसार पूर्ब अध्यक्ष कृष्णगोपाल श्रेष्ठ,खड्गनारायण राई,गोम राई र टीका कार्की सम्पर्क मञ्च अध्यक्षका दावेदार हुन्।
१२ औं सम्मेलन पूर्ब संयोजक रहिसकेका श्रेष्ठ र कार्की सोलुदुधकुण्ड नगरपालिकाका हुन भने खड्ग नारायण महाकुलुङ र गोम थुलुङ दुधकोशी गाउँपालिकाबासी हुन्।सकभर सर्बसम्मतरुपमै नेतृत्व टुंग्याउने गरि पहल भइरहेको राईले बताए।
यसैबीच,नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीका अध्यक्ष डुफकुमार बास्तोलाले शनिबार ११ बजेबाट हुने सम्मेलनमा उपस्थित हुन सोलुखुम्बुबाट उपत्यका आइ विभिन्न पेशा ब्यवसायमा संलग्न एमाले नेता-कार्यकर्ताका साथै शुभेच्छुकहरुलाई आग्रह गरेका छन्।

