पाकिस्तानी गायक आतिफ असलम सांगीतिक प्रस्तुतिका लागि नेपाल आउंदै
काठमाडौं।पाकिस्तानी गायक सनसनी आतिफ असलमले काठमाडौंमा आफ्नो प्रस्तुति दिने भएका छन्।

राजधानीको टुसालस्थित हायात रिजेन्सी होटलमा उनले प्रस्तुति दिने बताईएको छ।त्यसका लागि उनी अप्रिल १२ मा नेपाल आउनेछन्। नेपालमा यो उनको दोस्रो प्रस्तुति हो।उनले यस अघि २०१२ मा दशरथ रंगशाला काठमाडौंमा प्रस्तुति दिए।
उनको सांगीतिक कार्यक्रम टारिस इन्टरटेनमेन्ट र एमजे प्रोडक्सनले आयोजना गर्दैछ । हलिउड गायक असलमले अप्रिल १२ र १३ अप्रिलमा तय भएको दुई दिने कार्यक्रममा प्रत्यक्ष प्रस्तुति दिनेछन् ।खल्ती डिजिटल वालेट यस कन्सर्टको टिकटिङ पार्टनर रहेको जनाईएको छ।

