काठमाडौं जिल्लास्तरीय फुटसल प्रतियोगितामा प्रशान्ति बिजयी



काठमाडौं । प्रशान्ति एकेडेमी एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत ब्वाइज फुटसलको बिजेता बनेको छ ।

कपनस्थित दीक्षालय नेपाल फाउन्डेसनमा भएको खेलमा प्रशान्ति ले भिमेश्वर एकेडेमीलाइ २-१ ले पराजित गरेको हो।

एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा भइरहेको खेलकुद सप्ताह अन्तर्गत भएको फुटसल प्रतियोगितामा ४८ टोलीले प्रतिस्पर्धा गरेका थिए। फुटसलको फाइनल आज (मंगलबार) भएको हो।

विभिन्न ५ खेल समावेश खेलकुद सप्ताहअन्तर्गत टेबल टेनिस, एथलेटिक्स र टग अफ वार सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्