राष्ट्रियसभा अध्यक्षमा माओवादीले दावी गर्ने



काठमाडौँ।प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभा अध्यक्षमा सबैभन्दा ठूलो दलको हैसियतले आफ्नो दलको दाबी रहने बताएका छन्।

माओवादी संसदीय दलको बैठकमा बोल्दै मंगलबार प्रधानमन्त्री तथा अध्यक्ष दाहालले सो कुरा बताएका हुन्।राष्ट्रिय सभा अध्यक्षका लागि फागुन २९ गते निर्वाचन हुँदै छ।

बैठकमा अधिकांश सांसदहरुले पनि राष्ट्रियसभा अध्यक्षमा आफ्नो दलले दाबी गर्नुपर्ने बताएका थिए। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा अध्यक्षमा दाबी गर्ने सार्वजनिक भइरहेका बेला माओवादी अध्यक्ष तथा प्रधानमन्त्रीले खुलेरै आफ्नो दलको दाबी प्रस्तुत गरेका हुन्।

बैठकमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्रीले यसबारे गठबन्धन बैठकमा कुरा राख्ने जवाफ सांसदहरुलाई दिएका थिए।

कोशी प्रदेशमा माओवादी उम्मेदवार चम्पादेवी कार्कीको हारसँगै झस्किएको माओवादीका अधिकांश सांसदहरुले संसदीय दल बैठकमा कांग्रेस गठबन्धनका क्रममा इमान्दार नभएको आरोप लगाएका थिए।file foto

प्रतिक्रिया दिनुहोस्