सोलुखुम्बु कांग्रेसमा फेरि लफडा,महासमिति सदस्यको निर्बाचन नभएको संस्थापन इतर समूहको दावी
सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका सचिबद्वय युवराज घिमिरे र भलाकाजी राईले सोलुखुम्बुमा नेपाली कांग्रेसका महासमिति सदस्यहरु निर्बिरोध निर्बाचित भएको भनेर नामावली प्रकाशन गर्नु भ्रम सृजना गर्न खोज्नु मात्र भएको टिप्पणी गरेका छन्।

महासमिति सदस्यहरु निर्बिरोध निर्बाचित भएको भन्दै निर्बाचन अधिकृत महाप्रसाद फुयालले नामावली सार्बजनिक गरेको भोलिपल्ट प्रेस बिज्ञप्ति जारी गर्दै संस्थापन इतर समूह निकट सचिबद्वय घिमिरे र राईले जिल्लामा महासमिति सदस्य निर्बाचन नभएको दावी गरेका हुन्।
शनिबार च.नं ८१ बाट नेपाली कांग्रेस सोलुखुम्बुका महासमिति सदस्यहरुको नामावली पठाएको भनि सामाजिक सञ्जालमा आएको सूचना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरूले बिज्ञप्तिमा अगाडी भनेका छन्- ‘नेपाली कांग्रेस सोलुखुम्बुको महासमिति सदस्य निर्बाचनका लागि निर्बाचन अधिकृत बिदुर कुमार लामिछानेले मंसिर २४ गते पहिलोपटक सूचना जारी गरेको र मंसिर २६ मा स्थगन गरेको,दोश्रो पटक मंसिर २६ गते अर्को सूचना जारी गरी पुस ६ मा स्थगन गरेको र माघ १४ गते तेस्रो पटक माघ १७ गते मनोनयन दर्ता गर्ने र १९ गते मतदान गर्ने भनी कार्यतालिका प्रकाशित गरेकोमा निर्बाचन अधिकृत लामिछानेले माघ १७ गते निर्बाचनका सम्पूर्ण कार्यक्रम स्थगन गरि राजीनामा गरेपश्चात कुनै पनि निर्बाचन अधिकृत नियुक्त नभएको र निर्बाचन कार्यतालिका पनि प्रकाशन नभएको अवस्थामा महासमिति सदस्य निर्बिरोध निर्बाचित भएको भन्नु भ्रम सिर्जना खोज्नुमात्रै हो।’
उता,संस्थापन पक्षले भने लामिछानेको राजीनामापछि निर्बाचन समितिका सदस्य रहेका शिक्षक महाप्रसाद फुयाललाई निर्बाचन अधिकृत तोकिएको र सो समितिले निर्बाचनका सम्पूर्ण प्रक्रिया पूरा गरेर माघ १९ गते निर्बिरोध निर्बाचित भएकाहरुको नामावली सार्बजनिक गरेको दावी गर्दै आएको छ।
निर्बाचन समितिले तोकिएको ११ पदका लागि त्यत्तिकै संख्यामा मात्र उम्मेदवारी परेकाले प्रभुराम बस्नेत,नाम्गेल जाङ्बु शेर्पा,नवीन थापा,मनोज खड्का,अशोक झा,गान्धिमाया तामाङ,गीता गुरुङ,प्रकाश कुमार बस्नेत,नातिकाजी गुरुङ,पासाङ शेर्पा,फुर्किमा शेर्पा निर्बिरोध निर्बाचित भएको घोषणा गरेको थियो।
संस्थापन इतर समूहको बिज्ञप्ति


