आगलागीमा परेर दाजु–बहिनीको मृत्यु



मुगु । खत्याड गाउँपालिका–२, गाडेखोला आगलागी हुँदा दाजु–बहिनीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३० वर्षीया सरस्वती सन्ज्यालको १४ वर्षीय छोरा विशाल सन्ज्याल र १२ वर्षीया छोरी झरना सन्ज्याल छन् ।

सरस्वतीले जस्तापाताले छाएको कच्ची घरको भुई कोठामा आगो बाली सुतिरहेको अवस्थामा आगलागी भएको जनाइएको छ । घरभित्र रहेका उनको छोरा/छोरी फेला नपरेको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय रातापानी तथा प्रहरी चौकी श्रीकोटरोलबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगो निभाएको थियो ।

आगो निभाउने क्रममा दुवै जनाको शव फेला परेको प्रहरीले जनाएको छ । घरमा आगलागी हुँदा सुतिरहेकी बहिनीलाई बचाउन जाँदा विशालको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।(प्रतीकात्मक तस्बिर)

प्रतिक्रिया दिनुहोस्