प्रशान्ति एकेडेमीमा खेलकूद सप्ताह सुरु



काठमाडौं।प्रशान्ति एकेडेमीमा खेलकूद सप्ताह-२०८०
सुरु भएको छ।

बुनपा कार्यपालिका सदस्य तथा सामाजीक विकास समिति संयोजक शान्ता पुडासैनीसहित बिभिन्न क्षेत्रका व्याक्तित्वहरुको आतिथ्यतामा माघ ८ गतेदेखि सप्ताहको औपचारिक ऊद्घाटन गरिएको हो।

विविध साँस्कृतिक कार्यक्रम,मार्च पास तथा अन्य गतिविधिहरु सहित उद्घाटन कार्यक्रम गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि र अन्य अतिथिहरुले रेफ्रि,खेल शिक्षक तथा प्रतियोगी भाइ बहीनीहरुलाई खेल सामाग्री लगायत झन्डाहरु प्रदान गरेका थिए।

सो खेलकुद सप्ताह माघ १२ गते शुक्रबार सम्म संचालन हुनेछ। खेलकुद सप्ताहमा खेलहरु विधालय परिसर र फुटसलमा समेत संचालन गरिने र विभिन्न २४ प्रकारका विधामा ५२ ईभेन्ट्स हुने प्रिन्सिपल समिर बास्तोलाले वताए।

प्रत्येक वर्ष गरिदै आएको यस प्रकारको खेल सप्ताह यो पटक पनि समुह खेललाइ आधार मानि सोही प्रकारका धेरै खेलहरु समावेश गरि संचालन गर्न लागिएको समेत प्रिन्सिपल बास्तोलाले जानकारी दिए। खेल सप्ताहका लागि केही अगाडी देखी नै धेरै अभ्यास खेल संचालन गरिएको थियो।

यस पटक अभिभावकका लागि समेत शुक्रबार केही खेल प्रतियोगिताहरु राखिएको छ।सप्ताहमा विभिन्न विधामा प्रथम, दितिय र तृतिय हुने विध्यार्थी तथा सदनलाई एक विशेष कार्यक्रम गरि पदक प्रमाणपत्र र ट्रफी वितरण गरिने समेत आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्