येान्जन तामाङ समाज पेार्चुगलकेा अध्यक्षमा निर्वाचित

रहस्य, लिस्बन । तामाङ समाज पेार्चुगलकेा हालै सम्पन्न अधिबेशनबाट येान्जन अध्यक्षमा निर्वाचित भएका छन् । पेार्चुगलमा सक्रिय रहेको एक सामाजिक जातीय संस्था तामाङ समाज पोर्चुगलको सातौं अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ ।

नवनिर्वाचित कार्यसमिति निम्न बमोजिम रहेको छ अध्यक्ष गोपाल योन्जन, उपाध्यक्ष दिलकुमारी घिसिङ, राजेन्द्र घलान, राजु मोक्तान, तामाङ र सुरज तामाङ, महासचिव कुमार सिंह बल, सचिव निशा दोङ, कोषाध्यक्ष सम्झना लामा, सहकोषाध्यक्ष म्लाङ्सिंह तामाङ सदस्यहरू मनमाया तामाङ, जीवन स्याङ्गताङ,प्रितम लो लामा, लक्ष्मी लामा, राकेश तामाङ, मिलन लामा, टीकाराम तामाङ, रामकृष्ण तामाङ, बुद्धि तामाङ,शेरबहादुर तामाङ, धर्मराज गोले, समीक्षा घिसिङ, रश्मि तामाङ, सुमन लामा, भारती तामाङ र सुनील लामा रहेका छन् ।

