परराष्ट्र सचिव सेवा लम्सालसँग पाकिस्तानी राजदुत हाश्मीले गरे भेट



काठमाडौं । नेपालका लागी पाकिस्तानका राजदुत अबरार एच हाश्मीले परराष्ट्र सचिव सेवा लम्सालसँग भेट गरेका छन ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा राजदुत हाशमीले सचिव लम्साललाई कार्यभार सम्हालेकोमा बधाई दिए । भेटमा नेपाल-पाकिस्तान सम्बन्धका सबै विषयमा छलफल हुनुका साथै
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) नेपाल–पाकिस्तानबीचको शिक्षा, व्यापार, पर्यटन, जलवायु परिवर्तनका क्षेत्रमा सहयोग बढाउने तथा विद्यमान द्विपक्षीय संयन्त्रलाई पुनः सक्रिय तुल्याउने सम्बन्धमा छलफल भएको पाकिस्तानी राजदूतावासले जनाएको छ ।

राजदूत हास्मीले नवनियुक्त सचिव लम्साललाई पाकिस्तानका विदेश सचिव मुहम्मद साइरस क्बाजीले पठाएको पत्र हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्