राष्ट्रनिर्माताका दिब्य धारणालाई मनन गरेर राष्ट्रलाई सदाचारयुक्त र सम्पन्नशाली बनाउनु पर्छ : पूर्बराजा ज्ञानेन्द्र
काठमाडौं।पूर्बराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहदेवबाट अभिब्यक्त भएका दिब्य धारणालाई मनन गरेर राष्ट्रलाई सदाचारयुक्त र सम्पन्नशाली बनाउनुपर्ने टडकारो आवश्यकता अहिले देखिएको बताउनुभएको छ।

३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्बसन्ध्यामा बिहिवार शुभकामना सन्देश दिंदै पूर्बराजा शाहले हाम्रा राष्ट्रनिर्माताबाट भएका योगदान,कोरिएका मार्गचित्र तथा दिब्य उपदेशको पदचापलाई पछ्याउँदै अघि बढ्नुपर्ने बताउनुभएको हो।
आफ्नो इतिहास,आफ्नो स्वतत्व र आफ्नो अस्तित्वलाई भुलेर हामी जे जसरी जताजता भड्किए पनि नेपाली मुटु र माटोले आफ्नोपन र पहिचान भुल्न नसक्ने उल्लेख गर्दै वहाँले भन्नुभएको छ,-‘त्यसैले पृथ्वी जयन्तीको यो शुभघडीमा हामीले सम्झनै पर्छ,नेपाल राष्ट्रका जनकलाई नेपाली मात्रका एकताका आधारलाई।’
सन्देशको पूर्ण पाठ:


