नेपाल टेलिकमले ल्यायो आकर्षक ‘विन्टर अफर’, भोलिदेखि लागू हुने



काठमाडौं।नेपाल टेलिकमले यही पुस २७ गते शुक्रवारदेखि लागू हुने गरी विन्टर अफर–२०८० अन्तर्गत विभिन्न आकर्षक प्याकहरु उपलब्ध गराउने भएको छ ।

यसअघि उपलब्ध भइरहेकोफोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको छ।यस अनुसार १ दिनको समयावधिका लागि १९ रूपैयाँमा ४०० एमबी र ३३ रूपैयाँमा एक हजार २०० एमबी डेटा उपलब्ध हुनेछ। त्यसैगरी ७ दिनको समयावधिका लागि लागि १०९ रूपैयाँमा ५ जिबी र २८ दिनको समयावधिका लागि २९८ रूपैयाँमा ७ जिबी डेटा उपलब्ध हुनेछ।

स्टे कनेक्टेड प्याक अन्तर्गत ५ दिनको समयावधिका लागि १०९ रूपैयाँमा ६ जिबी डेटा तथा १३९ रूपैयाँमा ६ जिबी डेटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ। त्यसैगरी २ घण्टाको समयावधिका लागि ३५ रूपैयाँमा अनलिमिटेड प्याक उपलब्ध हुनेछ।

यसअघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका विभिन्न आकर्षक प्याकहरू समेत उपलब्ध हुनेछ।

त्यसैगरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जिबी डेटा प्याक पनि निरन्तर रुपमा उपलब्ध हुने कम्पनीको भनाइ छ।विन्टर अफर अन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकले १४१५*१# डायल गर्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्