सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते,पानीमा डुबेर घाइते भएका अर्का एकको मृत्यु



सिन्धुली।सिन्धुलीको रिठ्ठे भीरमा मोटरसाईकल दुर्घटना हुंदा दुई जना घाइते र कमला खोलाको पानीमा डुबेर घाइते भएका अर्का एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरन्जिबी दाहालका अनुसार प्र.३०२० १० प २४८८ नम्बरको मोटरसाइकल अनियंत्रित भइ दुर्घटना हुंदा सोलुखुम्बुको सोताङ गाउँपालिका २ का मोटरसाइकल चालक अन्दाजी वर्ष २३ का बल बहादुर राई र पछाडी सवार सोही ठेगानाकी वर्ष २० का रचना राई घाइते भएका छन्।

काठमाडौबाट सोलुखुम्बुका लागि छुटेको मोटरसाइकल सडकबाट अन्दाजी ५० मिटर तल खस्दा घाईते भएका मध्ये चालकको अवस्था गम्भिर रहेकोे छ।घाइते दुवै जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको सिन्धुली प्रहरीले जनाएको छ ।

उता, कमला नदीमा बिष्फोटक पदार्थ प्रयोग माछा मार्ने क्रममा पुस ९ गते पानी डुबेर घाइते भएका दुधौली नगरपालिका मरघट्टीका ३९ बर्षीय रामबहादुर सुनारको उपचारका क्रममा काठमाडौंको महाराजगन्ज शिक्षण अस्पतालमा बुधबार मृत्यु भएको प्रबक्ता दाहालले बताए।

प्रतिक्रिया दिनुहोस्