कोशी प्रदेशको सभामुख प्रकरणले राजाबादी दल राप्रपामा बबण्डर



काठमाडौं।कोशी प्रदेशको सभामुख पदको बिषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीमा बबण्डर मच्चिएको छ।परि आए राजसंस्था पुनस्थापनाका लागि संसदबाट बाहिरिन पनि पछि नपर्ने अध्यक्ष राजेन्द्र लिंदेनको चेतावनी आएको एक महिना पनि नबित्दै उनै लिङ्देनको ग्रीन सिग्नलमा कोशी प्रदेशको रिक्त सभामुख पद राप्रपाले लिएपछि राजाबादी दल राप्रपामा बबण्डर मच्चिएको हो।

मंगलबार राप्रपाका नेता तथा प्रदेशसभा सदस्य अम्बरबहादुर बिष्ट कोशी प्रदेशको सभामुख पदमा निर्विरोध निर्वाचित भएपछि पार्टीको केन्द्रीय निर्देशन समितिले विज्ञप्ति जारी गरेर सभामुख पद फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय कार्यसमिति तथा कार्यसम्पादन समितिलाई निर्देशन दिएपछि संसदीय दलका नेता सिटौलाले पार्टीले पाएको सभामुख छोडेर फिर्ता नहुने प्रतिक्रिया दिएका छन।

बिष्ट सत्ता गठबन्धनका दल तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेको समर्थनमा कोशी प्रदेशको सभामुख पदमा निर्वाचित भएका हुन् ।

पार्टीले केन्द्रीय नेतृत्वले बेलैमा यस्तो किसिमको जानकारी नगराएकाले प्रदेशमा सभामुख लिने कामलाई अगाडि बढाइएको उनको दावी छ।उनले पार्टीको केन्द्रीय निर्देशन समितिको निर्देशनका बारेमा कुरा गर्ने बताए। प्रतिपक्षी दललाई सभामुख दिने अन्तर्राष्ट्रिय अभ्यास रहेकाले राप्रपाले सभामुख दाबी गरेको उनको भनाइ छ।

सिटौलाले भने, ‘सभामुख पद लिनु भनेको सरकारमा जानु होइन । सभामुख प्रदेश सभाको सर्वोच्च पद हो । सरकार र संसद त छुट्टै कुरा हो नि।’तर कार्यकर्ता पंक्तिमा भने कोशी प्रदेशको निर्णयले व्यापक निराशा छाएको छ।राजेन्द्र लिङ्देन पनि कमल थापाको अर्को संस्करण भएको टिप्पणी उनीहरूले गर्न थालेका छन्।सत्ता केन्द्रित राजनीति नगरी पार्टीले राजसंस्था र हिन्दु राष्ट्र पुनस्थापनाका लागि पार्टीले सडक आन्दोलनलाई प्राथमिकता दिनुपर्ने सो पार्टीका अधिकांस नेता कार्यकर्ताको धारणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्