राष्ट्रियसभाको १९ सिटका लागि ५२ जनाको उम्मेदवारी (सूचीसहित)
काठमाडौं।रिक्त हुने १९ सिटका लागि माघ ११ गते हुने राष्ट्रिय सभा निर्बाचनका लागि ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ। निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन आज१९ सिटमा ५२ जनाको उम्मेदवारी दर्ता भएको हो ।

निर्बाचन आयोगका अनुसार राष्ट्रियसभामा अनुसार सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
आगामी माघ ११ हुने राष्ट्रियसभा निर्वाचनका पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुनेछ ।


