जुबुमा शिव मन्दिर बन्दै ज्येष्ठ सदस्य बस्नेतद्वारा शिलान्यास



केदार बस्नेत काठमाडौं।थुलुङ्ग दुधकोशी गाउँपालिका ५ जुबु सोलुखुम्बुमा शिव मन्दिर निर्माण हुने भएको छ। वडाले नगद २ लाख ५० हजार सहयोग गरेसँगै साविक वडा नं ८ साल्जुमा मन्दिर निर्माण गर्न लागेको सिर्जनशील टोल विकास समितिका संयोजक प्रकाश बस्नेतले जानकारी दिए।

संयोजक बस्नेतका अनुसार आज आइतबार एक कार्यक्रमका बीच मन्दिरको शिलान्यास ज्येष्ठ सदस्य हर्कबहादुर बस्नेत र वडा नम्बर ५ का कार्यवाहक वडाअध्यक्ष श्यामकुमार बस्नेतद्वारा गरिएको छ। स्थानीय रामकुमार बस्नेत,अम्बिर बस्नेत र गजेन्द्र बस्नेतले मन्दिर निर्माणको लागि १ लाख बराबरको जग्गा निशुल्क सहयोग गरेका हुन् । उक्त जग्गा मन्दिरको नाममा माघ १० सम्म पास हुने संयोजक बस्नेतको भनाई छ।

अहिलेसम्म मन्दिर निर्माणको लागि सहयोग स्वरुप ४० हजार नगद उठेको छ भने पुर्णरुपमा मन्दिर निर्माण हुन करिब ५ लाख लाग्ने बुझिएको छ ।

मन्दिर निर्माण हुने भएपछि आसपासका स्थानीयहरु हर्षित हुने स्थानीय राजु बस्नेतको भनाई छ। मन्दिरको निर्माण कार्य माघ १५ सम्म सम्पन्न हुने संयोजक बस्नेतले रहस्य खबरलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्