भोलिका लागि सर्यो काँग्रेस केन्द्रीय सम्पादन समिति बैठक
काठमाडौं।नेपाली कांग्रेसले आजका लागि बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल गर्न दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश भोलि दिउँसो १ बजेका लागि सारिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

