डा.कोइरालाले गरे आफ्नैं पार्टी कांग्रेससहित एमाले र माओवादी केन्द्रमाथि कडा प्रहार



काठमाडौं।नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नै पार्टी नेपाली कांग्रेससहित नेकपा एमाले र नेकपा माओवादी केन्द्रमाथि कडा प्रहार गरेका छन्।

सामाजिक सञ्जालमा समसामयिक राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै कोइरालाले लेखेका छन्,-

हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठवन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् । हुन त यो श्रृंखला एमालेलाई संसदीय समितिमा तीन सभापति दिने दिनबाटै सुरु भएको हो ।

कारण स्पष्ट छः सत्ता गठवन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले, एक-दुई सिटका लागि जे पनि हस् ? यदी यसो हैन भने केन्द्र र सबै प्रदेशमा एमाले पनि सरकारमा आए भैगो । किन बाहिर बसेर केही पदका लागि बार्गेनिङ गर्नु ?

संसदीय समितिका तीन सभापति र राष्ट्रिय सभाका दुई तीन सिट पाएपछि प्रमुख प्रतिपक्षले राष्ट्रिय मुद्धामा आँखा चिम्लनु झनै दुर्भाग्यपूर्ण हो । टिआरसीका सम्बन्धमा सर्वोच्च अदालतको गम्भीर प्रकृतिका मुद्धामा क्षमा दिन नहुने निर्देशनात्मक आदेश र मानव आधिकारका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनको अधिनमा रहेर द्वन्दबाट पिडितहरुले पर्याप्त क्षतिपूर्ति पाउने गरी मात्र विधेयक आउन पर्ने कुरामा स्पष्ट हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्