नेचासल्यानमा रेविज रोग विरुद्धको चार दिने घुम्ती शिबिर सुरु
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेचासल्यान गाउँपालिकामा रेविज रोग विरुद्धको चार दिने घुम्ती शिबिर सुरु भएको छ।

गाउँपालिकाको वडा नं १ बाट आईतवार सुरु भएको उक्त शिबिर १९ गते सम्पन्न हुने बताईएको छ।सबै वडामा सञ्चालन गरिने घुम्ती शिबिरमा ३ महिना ३ महिना माथिका कुकुर बिरालोलाई रेबिज विरुद्धको भ्याक्सिन लगाईने गाउँपालिकाको पशु सेवा शाखाले जनाएको छ।
गाउँपालिकाद्वारा चालु आर्थिक वर्ष २०८०/८१ का लागि स्वीकृत वार्षिक कार्यक्रम अनुसार सो कार्यक्रम सञ्चालन गरिएको हो।

