माईतीघर मण्डलाबाट मन्त्री साह पक्राउ



काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी शाह पक्राउ परेकी छन्।बिहान बसेको मन्त्रिपरिषद् बैठक लगत्तै धोती दिवस मनाउन माईतीघर मण्डला पुगेकी उनलाई प्रहरीले पक्राउ गरेको हो।माईती घरमण्डलालाई सरकारले निषेधित क्षेत्र तोकेको छ।

जनमत पार्टीकी नेतृ अनिता देवी २९ साउनमा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी थिइन्।सोही प्रदर्शनबाट प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पार्टीका ५३ नेताहरुलाई पनि पक्राउ गरेको जनाएको छ।उनीहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। साँझसम्ममा उनीहरुलाई छाडिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्