अंग्रेजी नयाँ बर्ष सुरु, आज राष्ट्रिय टोपी दिवस मनाईंदै
काठमाडौँ।अंग्रेजी नयाँवर्षको पहिलो दिन जनवरी १ का दिन मनाईने राष्ट्रिय टोपी दिवस आज मनाइँदैछ।।

११ बर्ष अघि माईतीघर मण्डलाबाट नेपाली युवाहरूले स्वतस्फूर्त रूपमा मनाउन सुरु गरेको टोपी दिवसमा नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन्।
मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवसको रुपमा मनाउन थालिएको हो ।यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ।
विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ। तर नेपालका विभिन्न समुदायले आआफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन्।
नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ।आजैबाट सन् २०२३ समाप्त भएर अंग्रेजी नयाँ बर्ष सुरु भएको हो।

