‘डल्लीको चिया पसल’ बालकोटमा रक्तदानको आयोजना



भक्तपुर । भक्तपुर बालकोटस्थित डल्लीको चियापसल परिसरमा रक्तदान सम्पन्न भएको छ।

‘रक्तदान नै जीवनदान’ भन्ने मूल नाराका साथ सिर्जन डेरी एण्ड बेकरी तथा डल्लीको चिया पसलको आयोजनामा आईतवार रक्तदान सम्पन्न भएको हो।रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न रक्तदानमा स्थानीय दुई दर्जन बढी ब्यक्तिले रक्तदान गरेका गरेका थिए।

डल्लीको चिया पसले झण्डै तीन महिना अघि पनि रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।रगतको अभावका कारण कतिपयको मृत्यु हुने गरेको र कतिपयको उपचारमा समस्या आउने गरेको तथ्यलाई दृष्टिगत गर्दै आफुले रक्तदान कार्यक्रमलाई प्राथमिकतामा राखेको डल्लीको चिया पसलकि प्रोप्राइटर बिपना खत्रीले बताईन।

सामान्य डेरी र चियापसल सञ्चालन गरे पनि बिपनाको समाजसेवामा अत्यन्तै रुचि राख्ने गरेको बताउंदै स्थानीय समाजसेवी राधाकृष्ण लामिछानेले ब्यक्तिगत रूपमा पटकपटक रक्तदान कार्यक्रमको आयोजना गर्नु उनको प्रशंसनीय कार्य भएको टिप्पणी गरे। file foto

प्रतिक्रिया दिनुहोस्