उपेन्द्र यादवले मधेसलाई उजाड बनाउने काम गरे : आजपा अध्यक्ष साह
वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आजपा अध्यक्ष साहले वीरगंजसहित पूरै मधेसलाई उजाड बनाउने काम उपेन्द्र यादवले गरेको बताउँदै उपेन्द्रलाई मधेसबाट बहिष्कार गरी दण्डित गर्नुपर्ने भनाइ राखे ।

पर्साको पोखरियामा आयोजित पार्टी प्रवेश एवं कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले देशकै आर्थिक राजधानी रहेको वीरगंजसहित मधेसलाई तहसनहस गर्दै बर्बाद गरेर उजाड बनाउने काम उपेन्द्रले गरेको उनले बताए ।
दलितका आवास निर्माण,शिक्षा, स्वास्थ्य, यातायात सबै क्षेत्रमा कुनै एउटा राम्रो काम गर्न नसक्नेहरू सत्तामा बसेर लुट मचाइरहको आरोप साहले लगाए । संघीय सरकारसहित मधेश प्रदेशको सरकार भ्रष्टाचारमा लिप्त रहेको बताउँदै उनलेसुशासन, समृद्धिका लागि भ्रष्टाचारका विरुद्धमा सशक्त आवाज उठाउनुपर्ने बताए ।
बैंकहरूले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त र सहकारीहरूबाट लिएको सम्पूर्ण ऋण मिनाहा तथा किसानहरूलाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने लगायतका विषयमा आजपाले आवाज उठाउँदै आएको छ । यसलाई पूरा गराउन आजपाले घोषणा गरेको माघ १० गतेको मधेस बन्दको कार्यक्रमलाई सफल बनाउन आह्वान गरिएको छ ।

