वेस्टर्नले गर्‍यो ‘दशैँमा १० गुणा’योजनाकी विजेता पाण्डेलाई नगद हस्तान्तरण



काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरले आफ्नो दशैं लक्षित “दशैँमा १० गुणा” योजनाकी विजेता इटहरी निवासी श्रीमती होमादेवी पाण्डेलाई नगद हस्तान्तरण गरेको छ ।

योजना अनुसार विजेताले बम्पर लक्की ड्र मार्फत प्राप्त कारोबार रकमको दशगुणा रकम जितेकी हुन्।नेपालमा सत्ताइस वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दैआएको वेस्टर्न युनियनले दशैं तिहार र छठपर्वलाई लक्षित गरी “दशैँमा १०गुणा” अभियान शुरु गरेको थियो।

बम्परमा प्राप्त रकमको १० गुणा बाहेक आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरुले कारोबार रकमको दुईगुणा जित्ने मौका पनि प्राप्त गरेका थिए। नेपालकै पहिलो रेमिट्यान्स सेवा प्रदायक वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरु लाईसन् १९९६ देखि विश्वका २ सय भन्दाबढी देश र क्षेत्रहरुबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्