भूकम्प पीडितका लागि ईयूले २८ करोड ९० लाख सहयोग गर्ने
काठमाडौं।यूरोपियन यूनियन (ईयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ रु. २८ करोड ९० लाख प्रदान गर्ने भएको छ।

ईयूले मानवीय सहायता स्वरूप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो। आवास, शुद्ध पेय, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्य सम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायता स्वरूप उक्त रकम प्रदान गर्ने निर्णय भएको नेपालस्थित यूरोपियन यूनियनको प्रतिनिधिमण्डलले जनाएको छ।
अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघले नेपाल रेडक्रस सोसाइटी मार्फत मानवीय सहायता परिचालन गर्नेछ। युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्पपीडितलाई उपलब्ध गराइएको हो।

