जनतासँग माओवादी विशेष रुपान्तरण : सोताङ तथा महाकुलुङमा सदस्यता बितरण तथा नवीकरण तीब्र
सोलुखुम्बु। “जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियानका क्रममा जिल्लाको सोताङ गाउँपालिकामा सदस्यता नविकरणको कार्यलाइ तिब्रता दिइएको छ । प्रदेश सचिवालय सदस्य तथा जिल्ला सह इन्चार्ज ठमनाथ पराजुली (ध्रुव) को प्रमुख आतिथ्यतामा उक्त कार्य अघि बढेको माओवादी केन्द्र सोताङका अध्यक्ष गोबिन्द नाछिरिङले जानकारी दिनुभयो ।
जिल्लाको सोताङ र महाकुलुङ गाउँपालिकाको इन्चार्जको जिम्मेवारीमा रहनुभएका प्रदेश सचिवालय सदस्य तथा जिल्ला सह इन्चार्ज ठमनाथ पराजुली (ध्रुव)ले मंगलबार देखि नवीकरणको कार्य अघि बढेको बताउनुभयो । तीन महिने अभियानकै प्रमुख कार्यको रुपमा माओवादीले पार्टी सदस्यता वितरण तथा नविकरणलाइ लिएको छ ।
जनभेटघाट सहित विभिन्न रचनात्मक कार्य सहित अभियान जारी राखेको माओवादीले सबैतिर पार्टी सदस्यता नविकरण तथा नया वितरण कार्य गर्ने बताइएको छ । पछिल्लो समय सहिद परिवार सङ्गको भेटघाट तथा जनताको भावना बुझ्ने र सोही अनुसार कार्य गर्ने माओवादीले नीति लिएको छ ।