राजनीतिक बिश्लेषकलाई योजना आयोगको जिम्मा
मोरङ।कांग्रेस नेतृत्वको कोशी प्रदेश सरकारले राजनीतिक बिश्लेषक पुरञ्जन आचार्यलाई कोसी प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ ।
विराटनगर मधुमारा घर भएका आचार्यलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बुधबार बसेको बैठकले बुधबार योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो।उनलाई मुख्यमन्त्री कार्कीले सपथग्रहण गराएका हुन् ।
आचार्य डा. शेखर कोइराला निकट कांग्रेसको राजनीतिक विश्लेषक हुन्। आचार्य पार्टीको १४ औं महाधिवेशनमा समेत मोरङबाट सहभागी भएका थिए।