एमाले सचिवालय बैठक भोलि



काठमाडौँ।नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

एमालेले बुधबार दिउँसो पौने १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाएको हो ।

बैठकमा जाजरकोट भूकम्प पीडितको उद्धार, राहत तथा पुनर्स्थापनासहित समसामयिक, राजनीतिक तथा पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुने बताईको छ।

प्रतिक्रिया दिनुहोस्