‘माैन आवाज’ मुक्तकसङ्ग्रह विमोचित



काठमाडौं।’हामी र हाम्रो कृति समूह’का सदस्य टेकराज भट्टको “मौन आवाज” मुक्तक सङ्ग्रह लीलाध्वज थापा साहित्य प्रतिष्ठानको हलबाट विमोचन गरिएको छ।

शनिबार सम्पन्न कार्यक्रममा ‘हामी र हाम्रो कृति समूह’का सचिव लब खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सो कृतिको बिमोचन गरिएको हो। प्रमुख अतिथिको आसनमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापा,अतिथिको आसनमा वरिष्ठ समीक्षक, समालोचक प्रा. डा. गोबिन्द मानसिंह कार्कीज्यू र हालेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारीज्यू रहनु भएको थियो । लोकार्पित कृति “मौन आवाज“ का समीक्षक चर्चित युवा गजलकार एवम् मधुवन गोधुलीको साथीका संस्थापक अध्यक्ष गणेशबाबु अधिकारीज्यूले उत्कृष्ट तरिकाले कृतिको बारेमा व्याख्या र विश्लेषण गर्नुभएको थियो भने हामी र हाम्रो कृति समूहका अध्यक्ष मदन नेपालज्यू र महासचिव बद्री उप्रेतीले कृतिकारलाई बधाई तथा कृति सफलताको शुभकामना दिँदै समूहको उदेश्य र भावी कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो ।

विभिन्न संघ संस्थाका अध्यक्ष, संयोजक, महासचिव, सचिव र साहित्यानुरागी मनहरूको करिव ४५ जनाको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन बहुप्रतिभाशाली साहित्यकार भुवन सिवाकोटी चौघरेज्यूले बडो सुन्दर तरिकाले गर्नुभएको थियो भने स्वागत मन्तव्य नम्रता उप्रेतीबाट र शुभकामना मन्तव्य दिनुहुनेहरुमा विजयध्वज थापा, प्रा. डा. गोबिन्द मानसिंह कार्की, सुनिल अधिकारी, मदन नेपाल र बद्री उप्रेती हुनुहुन्थ्यो ।

उक्त कार्यक्रममा उपस्थित हुनुभएका सर्जकहरु मध्यबाट , महेश रिजाल, मुकुन्द न्याैपाने, हरि प्रसाद गौतम, रुद्र अधिकारी, नम्रता उप्रेती, सुभद्रा अधिकारी, लब खड्का, भुवन सिवाकोटी चौघरे, विष्णु थापा, नवराज पोखरेल ‘नवशिला’ महेश प्रसाद रिजाल, राधा भट्ट, पुर्ण बहादुर श्रेष्ठ, नानीबाबा अधिकारी, उत्तम बिचार ‘सर्जक’ मिसन अधिकारी, सुरेश वैद्य, बद्री उप्रेती, मानन्धर अभागी, सुशिल रिजाल, शम्भु गजुरेल र भीष्मराज ढुंगेलले उक्त विमोचित कृतिबाट रचना वाचन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्