कृष्ण पहाडीसहित डेढ दर्जन मानव अधिकारबादी पक्राउ
काठमाडौं।संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी विधेयक मानव अधिकारमैत्री बनाउने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका मानवअधिकारबादीहरुलाई सरकारले पक्राउ गरेको छ।

विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय दिनुपर्ने, पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने,फागुन १ गते जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णयको खारेजीलगायतका माग राखेर आइतबार प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मी पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, पूर्व अध्यक्ष उत्तम पुडासैनी, वर्तमान केन्द्रीय अध्यक्ष रामकृष्ण बरालसहित करिब डेढ दर्जन रहेका छन्। संघीय संसद भवनको पश्चिम गेटबाट उनीहरूलाई पक्राउ गरिएको हो।

