के गर्दैछन् नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव गुटरेस?



काठमाडौं।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मंगलबार संघीय संसदको दुवै सभालाई सम्बोधन गर्ने भएका छन्।

मंगलबार अपरान्ह ४ बजे गुटरेसले सम्बोधन गर्ने भएपछि
संसद सचिवालयले उनको स्वागतका लागि आन्तरिक तयारी गरिरहेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताएका छन् ।

संसद भवनमा आन्तरिक सजावटका साथै बैठक चल्दै गर्दा कुनै प्राविधिक समस्या नआओस् भनेर प्राविधिक पक्षहरूको चेकिङ गर्ने काम, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका अधिकारीहरूलाई निम्तो गर्ने काम पनि भइरहेको प्रवक्ता गिरीले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चारदिने औपचारिक भ्रमणमा शनिबार राति काठमाडौं आइपुगेका हुन्।उनले आईतवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,रक्षामन्त्री पुर्ण बहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसंग भेटवार्ता गरेका छन्।

आइतबार नै उनले राष्ट्रपति रामचन्द्र पौडेल,उनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीसँग संसद् भवन नयाँ बानेश्वरमा भेट गर्ने कार्यसूची छ । भेटवार्तापछि उनी पाटन दरबार क्षेत्रको अवलोकनमा जानेछन् ।

सोमबार नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी भ्रमण गर्ने कार्यसूची रहेका महासचिव गुटरेस बुधबार नेपालबाट लन्डन प्रस्थान गर्नेछन।उनले एआई सेफ्टी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्