रहेनन् सोलुखुम्बु कांग्रेसका पुराना नेता बस्नेत



सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका पुराना नेता चक्रबहादुर बस्नेतको ८८ वर्षको उमेरमा निधन भएको छ ।

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका २ काँगेलका बस्नेतको आज विहीबार काठमाडौंको कपनस्थित निजि निवासमा निधन भएको उनका नाति नेपाली काँग्रेस महासमिति सदस्य तथा नेपाल तरुण दलका केन्द्रीय सदस्य नवीन थापाले जानकारी दिए।उनको बिहिबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन काँगेल गाविस ४ का वडा सदस्यमा निर्वाचित बस्नेतको जन्म १९९२ कार्तिक १२ गते भएको थियो।नेपाली सेनाबाट अवकाश प्राप्त बस्नेत २०४८ सालमा बहुदल आएपछि त्यसयता निरन्तर पार्टीको कृयाशिल सदस्य रहेको नेपाली कांग्रेसले जनाएको छ ।

स्वर्गीय बस्नेतको पार्थिव शरीरमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्यहरु बल बहादुर केसी, आङ गेलु शेर्पा र कुन्दनराज काफ्ले लगायतले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थापाले बताए।

प्रतिक्रिया दिनुहोस्